राप्रपाको नयाँ नेतृत्वको लागि मतदान हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर १८, शनिबार (२ साल अघि)
  • १० पटक पढिएको
Post Thumbnail

मंसिर १८, काठमाडौ ।राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएको मतदान साढे १० बज्दा पनि सुरु भएको छैन । निर्वाचन अधिकृत राजु बस्नेतले उम्मेदवारको नाम रुजुको काम भइरहेकाले मतदानमा ढिलाइ भएको बताए । तर, मतदानमा ढिलाइ भएको भन्दै महाधिवेशन प्रतिनिधि आक्रोशित बनेका छन् ।

राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् । उनीहरु मत माग्न व्यस्त छन् । चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ । पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र दुर्गादेवी श्रेष्ठको उम्मेदवारी परेको छ ।

एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्तिकुमारी शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राको उम्मेदवारी परेको छ । सदस्यमा एक सय ४१ मध्ये दुई सय ६४ जनाको उम्मेदवारी परेको उनले बताए । अध्यक्षको मतपत्र र पदाधिकारीसहित सदस्यको विद्युतीय मेसिनबाट गर्ने सहमति भएको बस्नेतले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस