‘धर्म निरपेक्षताबारे जनमत संग्रह गर्औं, माक्स र लेलिनको भत्तिभाव मात्रै राष्ट्रभक्ति हैन’

मंसिर १८, काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले धर्म निरपेक्षता र संघियताबारे जनमत संग्रहमा जानुपर्ने बताएका छन् । आज ललितपुरको जावलाखेलमा आयोजित पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघियता नेपालले धान्नै नसक्ने भन्दै खारेज गर्नुपर्ने बताएका हुन् ।

उनले भने, संघियता खारेज राजनीतिक दृष्टिकोणबाट मात्रै नभई यो देशको २० बर्षपछिको स्थिति कस्तो हुन्छ भनेर मात्रै हैन, आर्थिक दृष्टिकोणबाट पनि सम्भव छैन । संघिय बजेटको २४ प्रतिशत बजेट संघियताको लागि जान्छ, त्यसमध्यको ८० प्रतिशत प्रशासनिक खर्चमा हुन्छ । संघियतापछि स्थानीय तह सबभन्दा बढी भ्रष्ट भएको पनि बताए ।

त्यस्तै, विदेशीको दवाबमा संविधानमा धर्म निरपेक्षता लेखिएको आरोप लगाउँदै अध्यक्ष मिश्रले धर्म र संघियताबारे जनमत संग्रह गर्नुपर्ने बताए ।
उनले भने, धर्म निरपेक्षता बारे जनतालाई निर्णय गर्न दिऔं । जनमत संग्रह भनेको लोकतन्त्रको सबैभन्दा उन्नत र उच्चतम अभिव्यत्ति हो भन्दा हामिलाई धर्मको राजनीति गर्यो भन्ने ? जनमत संग्रह नगर्ने भए किन संविधानमा त्यसको व्यवस्था राखेको हो भन्दै प्रश्न गरे ।

बहुमतमा रहेको धर्मको विषयले उग्र रुप लिए भोलि अफगानस्तान जस्तो हुने उनको विश्लेषण छ । पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न नमान्ने र राजा महेन्द्रको योगदानको कदर गर्न नसक्नेहरुले माक्स र लेलिनको मात्र गुणगान गाउनु राष्ट्रभक्ति हुन नसक्ने मिश्रको ठहर छ ।

संम्बन्धित समचार

Leave a Reply