कोभिडको ‘ओमिक्रोन’ भेरियन्ट: गड्डाचौकी नाकामा उच्च सतर्कता

मंसिर १८, काठमाडौँ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा पनि देखा परेपछि पश्चिमी सीमानाका गड्डाचौकीमा सतर्कता अपनाउन थालिएको छ ।

सीमानाका भएर आउने यात्रुहरु मध्ये कोरोनाका संकास्पद विरामीको एन्टेजेन विधिबाट कोरोना परिक्षण गरि नतिजा पोजेटिभ आए नमुना पुनः परिक्षणका लागि केन्द्रिय प्रयोगशालामा पठाउने व्यवस्था गरिएको छ । भारतबाट भित्रिने यात्रुहरुको पश्चिमी सीमा क्षेत्र गड्डाचौकीमै मलेरिया, क्षयरोग र कोरोना परिक्षण गरिने जिल्ला स्वास्थ्यकार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए ।

यस्तै, कोभिड–१९ सङ्क्रमण जोखिम रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले मुलुकका विभिन्न आठ स्थानमा अघि बढाइएको ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र रुपमा अघि बढिरहेको छ । नेपाली सेनाको व्यवस्थानमा अघि बढिरहेको उक्त निर्माण कार्यको हालसम्म पछिल्लो प्रगति ६० प्रतिशत भन्दामाथि रहेको जनाएको छ ।

रक्षा मन्त्रालयको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक समीक्षामा प्रधानसेनापति प्रभुराम शर्माले निर्माणाधीन सात ‘होल्डिङ सेन्टर’ निर्माणको काम ६० प्रतिशत भन्दा माथि पुगेको जानकारी दिए ।

सरकारले नेपाल–भारत सीमानाका कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, झापाको काँकड्भिट्टा, मोरङको रानी, कपिलवस्तुको कृष्णनगर, पर्साको वीरगञ्ज, बाँकेको नेपालगञ्ज र रुपन्देहीको बेलहियामा कम्तीमा एक हजार क्षमताको होल्डिङ सेन्टर बढाउने निर्णय गरेको थियो । रुपन्देहीको बेलहियामा भने हालसम्म जग्गा प्राप्ति नभएको कारण काम अघि बढन नसकेको रक्षा मन्त्रालयले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply