राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर १९, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १९, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन् ।

लिङ्देनले एक हजार आठ सय ४४ मत ल्याएका छन् । अर्का प्रत्‍यासी कमल थापाले जम्मा एक हजार छ सय ७७ मत ल्याए । चार सय १३ मत बदर भएको छ । थापाले पराजय स्वीकार गर्ने बताएका छन् । आज बिहान ट्वीट गर्दै अध्यक्षमा लिङ्देन जितेकोमा बधाइ पनि दिएका छन् ।

अध्यक्षका अर्का प्रत्यासी कमल थापाले हार स्वीकार गरेका छन् । ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु,’ कमल थापाले ट्वीटरमा लेखेका छन्, ‘नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाइ तथा शुभकामना ।’

त्यस्तै, राप्रपाको महामन्त्रीमा धवल शम्शेर राणा विजयी भएका छन् । निर्वाचन समितिका अधिकृत राजु बस्नेतका अनुसार धवल शम्शेर राणा २२२१ मत ल्याएर महामन्त्री पदमा विजयी भएका हुन् ।

राजेन्द्र लिङ्देनको समूहबाट राणा महामन्त्री पदमा उठेका थिए ।

यस्तै महामन्त्रीमा कमल थापा पक्षका भुवन पाठक र कुन्ती शाही ९महिलातर्फ० पनि विजयी भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस