मौसमः आंशिक बदली, उच्च भेगमा वर्षा र हिमपात

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर १९, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १९, काठमाडौं । हाल दशको पूर्वी भूभागमा बंगालको खाडीमा रहेको चक्रवात जवाद प्रणालीको सामान्य प्रभाव रहेको छ । आज देशको प्रदेश–१ तथा अन्य प्रदेशहरूका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाका जनाएको छ ।

आइतबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।
देशका बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षा तथा प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ।

राति सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको केही स्थानहरू तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस