संकटमा पाला

कात्तिक २०, भक्तपुर । कुनै समय दीपावली आएपछि प्रजापति समुदायलाई माटोका पाला बनाउन भ्याइनभ्याइ हुन्थ्यो । तर, विद्युतीय चाइनिज बत्ती बजारमा भित्रिएस“गै उनीहरूको पेसा धरापमा परेको छ ।

कुनै समय झ्याल तथा ढोकामा प्रयोग गरिने माटाका पाला बनाउन भक्तपुरमा कुमालेलाई भ्याइनभ्याइ हुने गरेको थियो ।
दीपावलीका समय आएपछि भक्तपुर नगर तथा मध्यपुर थिमिका प्रजापति समुदाय तथा माटाका भाडा बनाउने क्षेत्रका बासिन्दा काममा व्यस्त हुने गर्दथे । यद्यपि, अहिले परिस्थिति उल्टो भएको छ ।

प्रजापति समुदाय माटाका पाला बनाउन त बनाइरहेका छन् तर पहिलाभन्दा कम मात्र । चाइनिज बत्ती बजारमा आएपछि माटाका पाला संकटमा परेको छ । सस्तो कम खर्चिलो तथा बजारमा सहज तरिकाले प्राप्त हुने भएकाले सर्वसाधारणको आकर्षण चाइनिज बत्तीप्रति परेको हो ।

त्यस्तै, खेतबाट माटो ल्याएर भाँडा बनाउने प्रजापति समुदायलाई केही वर्षयता माटो अभाव पनि हुँदै जानु र कम पाला उत्पादन हुनुले महँगो हुँदाहु“दै उपभोक्ता चाइनिज बत्तीमा आकर्षित हुन बाध्य भएका हुन् । एकातर्फ माटो पाउन गाह्रो, अर्कोतर्फ सस्तोमा बत्ती बजारमा पाउँदा पालाको आकर्षणमा कमी आएको प्रजापति समुदाय सुनाउ“छन् ।

दीपावलीमा माटाका पाला धुपौरोलगायतका सामग्री बिक्री हुने भए पनि माटो अभाव र बिजुली बत्तीमा आकर्षण बढेपछि आफ्नो पेसा संकटमा परेको उनीहरू बताउँछन् ।

माटोको पाला बाल्दा कम समय बल्ने, पटकपटक घिउ वा तेल थप्नुपर्ने झन्झट अनि खर्चिलो हुने भएकाले पनि बिजुली बत्ती भने सहज तरीकाले प्रयोग गर्न सकिने भएकाले विद्युतीयतर्फ सर्वसाधारणको आकर्षण बढेको हो ।
हावाहुरी आए पनि समस्या नहुने तथा सस्तोमा पटकपटक प्रयोग गर्न, घर झिलिमिली पार्न पनि सहज भएकाले माटोको पालामा आकर्षण घटेको पाइएको छ ।
छालिङका अनिल श्रेष्ठ माटोका पाला बाल्दा आगलागीको डर नहुने भएकाले बजारमा पाइने बिजुलीबत्ती प्रयोग गर्न सहज एवं सुरक्षित भएको बताउ“छन् ।

उनका अनुसार पूरै घर सस्तोमा झिलिमिली पार्न रंगीचंगी बिजुली बत्ती बजारमा सहजै पाइन्छ । ‘तर पाला बाल्न गरिबका लागि मह“गो साबित भएकाले पनि चाइनिज बत्तीमा आकर्षित भएका हौं,’ उनले भने ।
भूकम्पपछि घर भत्केका टहरामा बस्दै आएकालाई माटोका पाला बाल्दा झनै सुरक्षित नभएकाले पनि आफूहरू बिजुलीबाट बल्ने चाइनिज बत्तीमा आकर्षित भएको सुडालका मिलन तिमिल्सिना सुनाउ“छन् ।
माटोमा नगरपालिकाले कर लगाउने तथा माटोको मूल्य वृद्घि हुँदै जाने हो भने केही वर्षभित्र माटाका पाला बनाउने व्यवसाय नै बन्द हुने व्यवसायीको गुनासो छ ।

संम्बन्धित समचार

Leave a Reply