राप्रपाको महामन्त्रीमा रेखा थापा पराजित

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ मंसिर १९, आईतबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर १९, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा उम्मेदवार दिएकी अभिनेत्री रेखा थापा पराजित भएकी छन् । भने कुन्तीकुमारी शाही विजयी भएकी छन् ।

बिहान सकिएको मत गणनामा अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनको प्यानलमा रहेकी थापा शाहीसँग पराजित भएकी हुन् ।

शाही कमल थापा पक्षकी हुन् । राप्रपाको निर्वाचन आयोगका अनुसार कुन्ती शाहीले २ हजार ८ मत ल्याउनु भएको छ भने रेखा थापाले १६ सय ४० मत पाएकी हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस