पोखरा पल्टनले जित्यो पिपिएलको उपाधी : चितवन राहिनोज तीन विकेटले हार्यो

कार्तिक २०,पोखरा । पहिलो पोखरा प्रिमियर लिगको उपाधि चितवन राहिनोजलाई तीन विकेटले हराउँदै पोखरा पल्टनले जितेको छ ।

टस जितेर पहिले बलिङ रोजेको पोखरा पल्टनले चितवनले दिएको १६१ रनको लक्ष्य ७ विकेट गुमाउँदै १९ ओभर दुई बलमा भेटाएको हो । पोखरा पल्टनका लागि रवि इन्दर सिंहले सर्वाधिक ९० रन बनाए । उनले ५८ बलमा १३ चौका र ३ छक्काको सहयोगमा ९० रनको योगफल तयार पारे ।

त्यस्तै मोहम्मद नावीदले २५ रनको योगफल तयार पार्दा कप्तान शरद भेषावकरले २२ रन बनाए ।

यसअघि दर्शकले खचाखच भएको फाइनलमा पोखराले टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ६० रन बनायो । चितवनले नौ रनमा पहिलो विकेट गुमायो । हरिशंकर शाह आठ रनमा आउट भए । त्यसपछि क्रिजमा आएका कप्तान पारस खड्काले अनिल शाहसँग उत्कृष्ट साझेदारी गर्दै टिमको पारी सम्हाले ।

यो प्रतियोगितामा खासै राम्रो लयमा नदेखिएको पारसले फाइनलमा भने कप्तानी पारी खेले । उनले चितवन विरुद्ध ५० रन बनाउदै प्रतियोगितामा पहिलो अर्धसतक बनाए । उनको यो अर्धसतकसँगै जारी प्रतियोगितामा अर्धशतक सख्या २१ पुगेको छ । उनले ३६ बलमा नौ चौका प्रहार गरे । उनले दोस्रो विकेटका लागि अनिलसँग ७६ रनको साझेदारी गर्दै टिमको पारी सम्हाले । तर पारस ५१ रनमा आउट हुँदा चितवनले ८५ रनमा दोस्रो विकेट गुमायो ।

तेस्रो विकेटका लागि पनि सन्नी पटेल र अनील शाहले ५० रनको साझेदारी गरेपछि चितवन बलियो स्थितिमा पुग्यो । तर उसको स्कोर एक सय ३५ रन हुदा तेस्रो विकेट र्झयो । अनिलले ३८ बलमा ३७ रन बनाए । जसमा तीन चौका र एक छक्का प्रहार गरे । आज पनि भारतीय खेलाडी सन्नी पटेलले उत्कृष्ट ब्याटिङ गरे ।

इलिमिनेटर राउण्डमा पनि अर्धशतक बनाउदै टिमलाई फाइनलमा र्पुयाएका उनले आज पनि ४३ रन बनाए । जसमा उनले बलमा तीन चौका र चार छक्का प्रहार गरे । जसका कारण चितवनले एक सय ५७ रनमा चौथो विकेट गुमायो । यस्तै आरिफ शेखले १४ रन बनाए ।

संम्बन्धित समचार

Leave a Reply