इंग्लिस प्रिमियर लिगः एस्टन भिल्लासँग लेस्टरको हार

मंसिर २०, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले जित निकालेको छ । आइतबार राति भएको खेलमा एस्टन भिल्लाले लेस्टरलाई २-१ गोल अन्तरले हराउँदै जित निकालेको हो ।

एस्टनको मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा लेस्टर पराजित भएको हो । खेलको १४ औं मिनेटमा हार्भे बर्नेसले गोल गर्दै लेस्टरलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको १७ औं मिनेटमा इज्री कोन्साले गोल गर्दै एस्टनलाई १-१ गोलको बराबरीमा फर्काए ।

पहिलो हाफको इन्जुरी समयमा एस्टनका रामसेले गरेको गोलले मान्यता पाएन । त्यसपछि खेलको ५४ औं मिनेटमा कोन्साले व्यक्तिगत दोस्रो गोल गर्दै एस्टनलाई २-१ को जित दिलाए ।

यस जितसँगै एस्टनले १५ खेलमा १९ अंक जोडेको छ । एस्टन लिगको दशौँ स्थानमा रहेको छ । लेस्टर १९ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply