एभरेष्ट बैंक र आइएसओएन हेल्थकेयरबीच सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ मंसिर २०, सोमबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर २०, काठमाडौं । एभरेष्ट बैंक र आइएसओएन हेल्थकेयरबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट सुविधा दिन विषयमा आइएसओएन हेल्थकेयरसँग सम्झौता भएको हो ।

सम्झौताअनुसार बैंकको खाता भएका ग्राहक र कार्ड होल्डरहरुले आइएसओएन हेल्थ केयरमार्फत भारत, थाइल्याण्ड, सिंगापुर, मलेसिया, दुबई, टर्कीसहित अन्य देशमा लिने स्वास्थ्य सेवामा ७ प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिब र आइएसओएनका अध्यक्ष विवेक गुप्ताबीच हस्ताक्षर भएको छ । कार्यक्रममा आइएसओएनका अध्यक्ष गुप्ताले यस सम्झौताबाट ग्राहकहरु छुट लिएर लाभान्वित हुनसक्ने बताएका छन् । उनले आइएसओएनको विश्वका एक हजार बढी अस्पताल र २५ सय बढी डाक्टरहरुसँग सहकार्य रहेको बताएका थिए ।

बैंकका १२ लाख ग्राहक छन् । साथै एक सय ५ शाखा सञ्जाल, एक सय ३८ एटीएम र राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्र छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस