रोकिएका आइपिओ कहिले हुन्छ स्वीकृत, के छ बोर्डको तयारी ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ मंसिर २०, सोमबार (२ साल अघि)
  • ८ पटक पढिएको
Post Thumbnail

मंसिर २०, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले लामो समयदेखि रोकिएका प्राथमिक शेयर (आइपिओ)निष्काशन प्रक्रिया पुनस् अघि बढाउँन लागेको छ । बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुङ्गाना निलम्बन भएपछि नयाँ अध्यक्ष नियुत्तिमा ढिलाई हुने देखिएपछि बोर्डले आइपिओ निष्कासन प्रक्रिया अधि बढाउन लागेको हो ।

अध्यक्ष नहुँदा निष्कासन प्रक्रियानै अवरुद्ध भएपछि बोर्ड संचालकले बिस्तारै उक्त प्रक्रिया अघि बढाउन व्यवस्थापनलाई निर्देशन दिएको छ । सोही निर्देशन बमोजिम प्रक्रिया अघि बढाउन लागिएको बोर्डका कार्यकारी निर्देशक नीरज गिरिले बताए । “बिस्तारै हामी आइपिओ स्वीकृति दिने प्रक्रिया अघि बढाउदै छौ” गिरिले भने ।

गिरिका अनुसार संचालक बोर्डले बिस्तारै आइपिओका फाइलहरु ल्याउन निर्देशन दिएको छ । उसले दिएको निर्देशन बमोजिम बोर्ड व्यवस्थापनले प्रक्रिया पुगेका कम्पनीहरुको फाइल अघि बढाउने छ । आउने बैठकमा प्रकृया पुगेका केही कम्पनीको स्वीकृतिको लागि संचालक बोर्डमा लगिने छ ।

यस अघि बोर्ड अध्यक्ष नियुक्ति नभएसम्म संचालक बोर्डले आइपिओ स्वीकृत नगर्ने संकेत गरेको थियो । तर अध्यक्ष नियुक्ति प्रक्रिया नै ढिलो हुँदै गएपछि संचालक बोर्डले स्वीकृतिको लागि थोरै लचकता अपनाउने संकेत गरेको छ । सोही कारण प्रक्रिया अघि बढ्न लागेको हो ।

प्राथमिक शेयर निष्कासन गर्न भन्दै बोर्डमा २५ कम्पनीको निवेदन परेका छन् । ६ अर्ब ८० करोड रुपैयाँ बराबरका ६ करोड १३ लाख कित्ता शेयर निष्काशनको लागि पाइप लाइनमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस