एभर्टनले आर्सनललाई हरायो

मंसिर २१, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले आर्सनललाई हराएको छ । सोमबार राति भएको खेलमा एभर्टनले आर्सनललाई २-१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर एभर्टनले जित निकालेको हो । पहिलो हाफको इन्जुरी समयमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

त्यसअघि एभर्टनका रिचार्लीसनको दुई गोलले मान्यता पाएन । तर, खेलको ७९ औं मिनेटमा रिचार्लीसनले गोल गर्दै एभर्टनलाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको इन्जुरी समयमा डेमाराई ग्रेले गोल गर्दै एभर्टनलाई २- १ को जित दिलाए ।

यस जितसँगै एभर्टनले १५ खेलमा १८ अंक जोडेको छ । एभर्टन १२ औं स्थानमा रहेको छ । आर्सनल २३ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply