कांग्रेस सभापतिमा साझा उम्मेदवार छान्न पौडेल पक्षको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर २१, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २१, काठमाडौं । नेपाली कांग्रेसका १४औँ महाधिवेशनमा संस्थापनइतर समूहबाट सभापतिमा साझा उम्मेदवार तय गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज आफू पक्षीय केन्द्रीय सदस्यसँग छलफल गर्दैछ । बैठक नेता प्रकाशमान सिंह निवास चाक्‍सीबारीमा दिउँसो १ बजे बस्‍दै छ ।

साझा र जित्‍ने उम्मेदवार छान्‍न आकांक्षीहरूबीच छलफल हुन लागेको नेता पौडेलले बताए । केन्द्रीय सदस्यहरूको छलफलपछि उहाहरूकै रायमा साझा उम्मेद्वार छनोट गनेर्त नेता पौडेलले बताए ।

सभापितका आकांक्षी पौडेलसहित, महामन्त्री डा।शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, र केन्द्रीय सदस्य डा।शेखर कोइरालाबीच सोमबार पनि छलफल भएको थियो ।

पौडेल निवास बोहराटारमा भएको छलफलमा सभापतिका आकांक्षीमध्येबाट एक जनामात्र उम्मेदवार बनाउन आज केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने सहमति भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस