कोरोना खोपले ओमिक्रोनविरुद्ध पनि काम गर्छ : डब्ल्यूएचओ

मंसिर २२, काठमाडौं । अहिले प्रयोगमा रहेका कोरोना भाइरस विरुद्धको खोपले ओमिक्रोन भेरियन्टका विरुद्धमा पनि काम गर्ने देखिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

दक्षिण अफ्रिकामा फाइजर खोपको ओमिक्रोनमा रहेको प्रभावकारितालाई लिएर गरिएको प्रयोगशाला परीक्षणपछि डब्ल्यूएचओले अहिले प्रयोग भैरहेका खोपले ओमिक्रोनविरुद्ध पनि काम गर्ने देखिएको जनाएको हो । अहिलेका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी पर्न नदिने डब्ल्यूएचओका आपतकालीन निर्देशक डाक्टर माइक रायनले बताएको बीबीसीले जनाएको छ ।

अनुसन्धानकर्ताहरुले नयाँ भेरियन्टविरुद्ध खोपले कसरी काम गर्छ भन्नेबारे थाहा पाउन अझै अनुसन्धान आवश्यक रहेको तर ओमिक्रोनले खोपलाई छल्ने सम्बन्धमा अरु भेरियन्ट भन्दा शक्तिशाली नदेखिएको बताएका छन् ।

डब्ल्यूएचओका डा रायनले अहिले प्रयोगमा रहेका कोरोना विरुद्धका खोपहरु प्रभावकारी रहेका र ति खोपले सबै भेरियन्टका सङ्क्रमितलाई गम्भीर बिरामी र अस्पताल भर्ना हुने अवस्था आउन नदिन सक्षम रहेको प्रमाणित गरेको भन्दै ओमिक्रोनविरुद्ध पनि खोप प्रभावकारी देखिएका बताए । यस अघि ओमिक्रोनले अहिलेका खोप छल्न सक्ने विवरण आएपछि चिन्ता व्यक्त गरिएको थियो ।

संम्बन्धित समचार

Leave a Reply