काँग्रेसको सभापतिमा कोइराला र सिंहको अडान कायमै !

मंसिर २२, काठमाडौ । काँग्रेसको १४ औं महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार तय गर्न इतर पक्ष आज पनि असफल बनेको छ ।

सभापतिका दावेदारमध्येका दुई जना प्रकाशमान सिंह र शेखर कोइरालाले कुनै पनि हालतमा आफ्नो दावी नछाड्ने अड्डी कसेपछि इतर पक्ष आज पनि साझा उम्मेदवार तय गर्न असफल भएको हो ।

आज सहमति हुन नसकेपछि भोलिपनि नेताहरु बसेर सहमतिको प्रयास गर्ने नेता गुरुराज घिमिरेले जानकारी दिए । उनका अनुसार भोलि पौडेल पक्षका केन्द्रीय सदस्यहरुको बैठक समेत बस्नेछ भने त्यहाँ वृहत छलफल गरेर सभापतिका दावेदार नेताहरुसँग पनि बैठक बस्ने तयारी छ ।

संम्बन्धित समचार

Leave a Reply