कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, दुई पदाधिकारी थप्ने तयारी

मंसिर २३, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक बिहीबार बिहान साढे ११ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने छ ।

बैठकबाट महाधिवेशन तयारीका लागि आवश्यक निर्णयहरु लिइने जनाइएको छ । यस्तै बैठकमा खुलातर्फ दुईजना सहमहामन्त्री थप्ने तयारी छ ।

सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाबीच थप्ने विषयमा सहमति भइसकेको कांग्रेस स्रोतको भनाइ छ । तर वरिष्ठ नेता रामचन्द्र पौडेल भने यतिबेला सहमहामन्त्री थप्ने पक्षमा छैनन् । देउवा र कोइराला निकट नेताहरुले भने सहमहामन्त्री थप्न दबाब दिरहेका छन् ।

आजको बैठकमा त्यो प्रस्ताव ल्याउने सम्भावना छ । कांग्रेसमा अहिले एकजना सभापति, २ उपसभापति २ महामन्त्री र ८ सहमहामन्त्री ९क्लस्टर० बाट हुने व्यवस्था छ । अब खुलाबाट थप दुई जना सहमहामन्त्री थप्ने तयारी छ ।

कांग्रेसको १४औं महाधिवेशन शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । उदघाटनसत्रपछि सुरु हुने बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने छ । विहीबार बस्ने केन्द्रीय कार्यसमितिको यो अन्तिम बैठकसमेत हुने छ ।

संम्बन्धित समचार

Leave a Reply