च्याम्पियन्स लिगः बार्सिलोना समूह चरणबाटै बाहिरियो

मंसिर २३, एजेन्सी । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै घर फर्किएको छ । समूह चरणको अन्तिम खेलमा बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएपछि बार्सिलोना बाहिरिएको हो ।

नकआउट चरणमा पुग्न जित्नै पर्ने खेलमा बार्सिलोना ३(० ले पराजित भएको हो । बार्सिलोना १७ वर्षपछि च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न असफल भएको हो ।

बायर्नलाई जित दिलाउन थोमस मुलर, लोरी साने र जमल मुसिआलाले एक एक गोल गरे । घरेलु मैदानमा ३४ औं मिनेटमा मुलरले रोबर्ट लेवान्डोस्कीको पासमा गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाए ।

खेलको ४३ औं मिनेटमा सानेले गोल गर्दै टिमको अग्रता २-० को बनाए । त्यसपछि खेलको ६२ औं मिनेटमा जमलले गोल गर्दै बायर्नलाई ३-० को सहज जित दिलाए ।

यस जितसँगै बायर्नले समूह ई बाट समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको छ । यस समूहबाट बेन्फिका उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ ।

बेन्फिकाले ६ खेलमा ८ अंक जोड्यो । बेन्फिकाले समूह चरणको अन्तिम खेलमा डाइनामो किभलाई २-० ले हराएको छ । बायर्नले ६ खेलमा १८ अंक जोड्यो । बार्सिलोना ७ अंक जोडेर यस समूहको तेस्रो स्थानमा रह्यो ।

संम्बन्धित समचार

Leave a Reply