कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा रामचन्द्र पौडेल अनुपस्थित

मंसिर २३, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बिहीबार केन्द्रीय कार्यसमिति बैठकमा अनुपस्थित भएका छन् ।

१४ औं महाधिवेशन शुरु हुने अघिल्लो दिन राखिएको बैठकका लागि पार्टीका मुख्यसचिवले घरमै पुगेर नेता पौडेललाई खबर गरेका थिए ।

पौडेलले मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बैठकमा नआउने बताएका थिए । तर किन भन्ने नखुलाएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा बताउँछन् । बिहीबार दिउँसो केन्द्रीय कार्यसमिति बैठक बस्यो, तर वरिष्ठ नेता पौडेल उपस्थित भएनन् ।

आफ्नो समूहबाट साझा उम्मेदवार तय गर्न नसके राजनीतिबाटै विदा गर्न नेताहरुलाई आग्रह गरेका थिए । लगतै केन्द्रीय कार्यसमितिमा अनुपस्थित हुनुलाई यससँग जोडेर हेरेका छन् ।

 

 

संम्बन्धित समचार

Leave a Reply