पूर्वडीआईजी खरेलले नेपाल सुशासन पार्टी गठन गर्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ मंसिर २३, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २३, काठमाडौ । पूर्वडीआईजी रमेश खरेलले नेपाल सुशासन पार्टी गठन गर्ने भएका छन् ।

राजीतिक अस्थिरता, कुशासन र भ्रष्टाचारले देश विकास हुन नसकेको भन्दै खरेलले सुशासन पार्टी गठन गर्न लागेको बताएका छन् ।

यसका लागि शुक्रबार साढे २ बजे अनामनगरमा उनले कार्यक्रम राखेका छन् ।

पार्टी गठन गर्नुअगावै उनले संयोजकको हैसियतामा निमन्त्रणा पत्रमा हस्ताक्षर गरेका छन् । उनको पार्टीमा अन्य को-को आबद्ध हुँदैछन् भन्ने खुलाइएको छैन ।

नेपाल प्रहरीको महानिरीक्षक बन्न नसकेपछि उनले २८ चैत २०७४ मा प्रहरी संगठनबाट राजीनामा दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस