बालबालिकालाई पुस ४ गतेदेखि कोभिडविरुद्धको खोप लगाइने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर २४, शुक्रबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर २४, काठमाडौँ । सरकारले १८ बर्ष मुनीका बालबालिकालाई खोप आगामी पुस ४ गतेदेखि लगाउने भएका छन् । ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप लगाउने गरी तयारी भइरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

मोडर्नाको सबै ३६ लाख डोज खोप आएपछि लगाउँन सुरु गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभ्याक्स सुविधाअन्तर्गत हिजो करिब १५ लाख डोज मोडर्ना खोप नेपाल ल्याइएको छ भने बाँकी खोप पर्सि आइतबार आइपुग्ने मन्त्रालयले जनाएको छ ।

खोप आएलगत्तै सबै जिल्लामा पठाइने र पुस ४ गतेदेखि ५७ जिल्लाका बालबालिकालाई खोप लगाउन सुरु हुने खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए । खोप विद्यालयबाटै खोप लगाउने गरी तयारी भइरहेको छ ।

उनका अनुसार यसअघि फाइजरको खोप दिइएका २० जिल्लामा भने तत्काल मोडर्ना खोप दिइने छैन । यसअघि काठमाण्डौ, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, गोरखा, काभ्रे, कास्की, बाग्लुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुरामा दीर्घ रोगीलाई लगाएर बाँकी रहेको खोप दिइएको थियो । तर त्यो खोप १२ देखि १७ वर्ष उमेरका सबै बालबालिकाले पाएका छैनन् ।

पहिले ५७ जिल्लामा लगाएपछि २० जिल्लाका बाँकी बालबालिकालाई खोप लगाउने सरकारको तयारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस