सहिद स्मारक ‘ए’ डिभिजनः आजदेखि चौंथो चरणका खेल

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ मंसिर २४, शुक्रबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

मंसिर २४, काठमाडौं । सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबल अन्तर्गत आज शुक्रबारबाट चौंथो चरणको खेलहरु सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज चौंथो चरणको सुरुआती दुई खेलहरु हुनेछन् । पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

मनाङ र फ्रेन्ड्सबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ लिगको तेस्रो स्थानमा रहेको छ । ३ खेलमा अपराजित रहेको मनाङले ७ अंक जोडेको छ । फ्रेन्ड्स लिगको दशौँ स्थानमा रहेको छ । फ्रेन्ड्सले ३ खेलमा २ अंक जोडेको छ ।

यस्तै दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र च्यासलबीचको खेल अपरान्ह ४:४५ बजे सुरु हुनेछ ।

तीन खेलमा ५ अंक जोडेको आर्मी लिगको छैटौं स्थानमा रहेको छ । च्यासलविरुद्ध मैदान उत्रदा आर्मी स्पष्ट तीन अंकको खोजीमा हुनेछ । च्यासल तीन खेलमा ४ अंक जोडेर नवौं स्थानमा रहेको छ । च्यासल पनि आर्मीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस