शेयर लगानीकर्तालाई बुझेर मात्रै लगानी गर्न आग्रह

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ मंसिर २४, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २४, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर बजारमा लगानी गर्नेहरुमा वित्तीय साक्षरताको कमि भएको बताएका छन् । बिहीबार अर्थसमितिमा भएको छलफलमा अधिकारीले सेयर बजारमा बुझेका भन्दा पनि नबुझेकाहरु बढी भएकोले यसले लगानीकर्तालाई जोखिम बढाएको बताएका हुन् ।

उनले सेयर लगानीकर्तालाई बुझेर मात्रै सेयर बजारमा लगानी गर्न पनि आग्रह गरेका छन् । यस्तै, उनले सेयर बजार हेर्न निकायको रुपमा रहेको नेपाल धितोपत्र बोर्डले वित्तीय साक्षरतामा पनि ध्यान दिनु पर्ने धारणा राखे ।

उनले फण्डामेन्टल बाहिर रहेर सेयर बजार चलेको पनि बताए छन् । ‘साना लगानीकर्ताहरुमा फण्डामेन्टल अध्ययन गरेर लगानी गर्ने चेत छैन, त्यसैले पनि जोखिम बढेको हो, साना लगानीकर्ताका लागि वित्तीय साक्षरताको आवश्यता छ,’ उनले भने ।

यस्तै, छलफलमा अर्थसचिव मधुकुमार मरासिनीले अहिलेको अवस्थालाई त्यति धेरै समस्याको रुपमा लिनु नपर्ने धारणा राखे । उनले विगत तीन वर्षको ट्रेण्ड हेर्दा यस वर्षको सुरुमा व्यापक उछाल आएको बताए ।

‘नेप्से परिसूचक ११ सयबाट १३ सयबाट सिधै ३२ सय प्सलसम्म पुगको छ, राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितोमा ४र१२ करोड रुपैयाँको सीमा नराखेको भए झनै समस्या आउँथ्यो, यो स्वभाविक हो,’ उनले भने ।

उनले पनि लगानी गर्नेले कम्पनीको अवस्था हेरेर मात्रै लगानी गर्न पनि सुझाव दिए । ‘निर्माण सम्पन्न नभएका र ऋणमा चलेका कम्पनीहरुको सेयर मूल्यमा उछाल छ, राम्रो कम्पनीमा खासै चासो छैन, कमसेकम अध्ययन गर्ने बानी गर्नु पर्यो,’ उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस