दाङमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ मंसिर २४, शुक्रबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर २३, दाङ । दाङमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्य भएको छ ।

गएराति भएको दुर्घटनामा परि मोटरसाइकल चालक घोराही उपमहानगरपालिका- १६ का ४३ वर्षीय युवराज चन्दको मृत्य भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेका चन्द चढेको रा ४ प ४०२ नम्बरको मोटरसाइकललाई तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ च ३८५ नम्बरको बोलेरोले घोराही-१६ मा ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्द रिजालका अनुसार गम्भीर घाइते भएका चन्दको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा गएराति नै मृत्य भएको थियो ।

ठक्कर दिने जीप र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस