पोखरामा ट्रक दुर्घटना, २ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ मंसिर २४, शुक्रबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

मंसिर २४, काठमाडौं । पोखरामा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

बिहान पौने ५ बजे पोखरा महानगरपालिका–२६ विजयपुरमा लु २ ख २९४८ नम्बरको फलामे छड बोकेको ट्रक अनियन्त्रित भइ पल्टिँदा लमजुङका ४२ वर्षीय भीमबहादुर तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु भएका अर्का व्यक्तिको परिचय खुलेको छैन । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस