नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ मंसिर २७, सोमबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर २७, काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्सले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीका सस्थापकको २ लाख १३ हजार १ सय कित्ता शेयरहरू बिक्री गर्ने भएको हो ।

कम्पनीले सोमवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी अशोक कुमार अग्रवालको नाममा रहेको १३ हजार १०० कित्ता र प्रुडेन्सियल क्यापिटलको नाममा रहेको २ लाख कित्ता शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन ।

उक्त शेयर खरीद गर्न इच्छुक संस्थापकहरुले सूचना प्रकाशित मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौं आइपुग्ने गरी निवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस