लुम्बिनी विकास बैंकको शेयरमूल्य समायोजन

मंसिर २७, काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले लुम्बिनी विकास बैंकको शेयरमूल्य समायोजन गरेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समयोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

समायोजनपश्चात बैंकको शेयरमूल्य ४२९ रुपैयाँ ६५ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात आइतबार बैंकको शेयर प्रतिकित्ता ४८५ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो ।

बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर, ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सोही प्रस्ताव पारित गर्न बैंकले पुस ९ गते, आफ्नो केन्द्रिय कार्यालय, डिल्लीबजार, काठमाडौँमा चौधौँ वार्षिक साधारण सभा डाकेको छ ।

सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थामा गाभ्ने/गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

संम्बन्धित समचार

Leave a Comment