३०% लाभांश पारित गर्न छिमेक लघुवित्तले बोलायो साधारण सभा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ मंसिर २७, सोमबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

मंसिर २७, काठमाडौ । छिमेक लघुवित्तको २०औं वार्षिक साधारण सभा पुस २३ गते हुन् भएको छ । उक्त साधारण सभा मकवानपुरको हेटौँडा स्थित होटल सामनामा बिहान ११ बजेदेखि शुरु हुनेछ ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्दैछ ।

त्यस्तै, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने, सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस ९ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजका आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश पाउनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस