दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसालाई कोभिड सङ्क्रमण

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ मंसिर २७, सोमबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर २७, काठमाडौं । दक्षिणी अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसालाई कोभिड १९ को संक्रमण भएको छ । उनले कोभिड सङ्क्रमण भएपछि उपचार गराइरहेका छन् । सो कुरा दक्षिणी अफ्रिकी राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । सिरिल रामाफोसाले उपचार गराइरहेका आइतबार राति सो कार्यालयले जनाएको छ ।

उनले यसअघि नै कोरोना भाइरसविरुद्धको खोप दुई डोज लगाएका थिए । यसकारण उनलाई धेरै समस्या नभएको बुझिएको छ । तर पनि सैन्य अस्पतालका वरिष्ठ चिकित्सकहरुको निगरानीमा रहेको बताइएको छ । हालैमात्र कोरोनाको घातक भनिएको ओमिक्रोन भाइरस दक्षिण अफ्रिकामा नै पत्ता लागेको थियो । यो भाइरस संसारका धेरै देशमा पुगेको छ ।

तर, उनलाई ओमिक्रोन हो कि होइन भन्ने बारेमा भने केही बताइएको छैन । ओमिक्रोन दक्षिण अफ्रिकामा पाइएको भनेपछि अहिले विश्वका कैयौँ देशले दक्षिण अफ्रिकाका विरुद्धमा यात्रा प्रतिबन्ध लगाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस