टी-ट्वान्टी: पाकिस्तानले वेस्ट इन्डिजलाई हरायो

मंसिर २८, काठमाण्डौ । पाकिस्तानले पहिलो टी-ट्वान्टीमा वेस्ट इन्डिजलाई हराएको छ । कराँचीमा सोमबार भएको खेलमा घरेलु टोली पाकिस्तानले वेस्ट इन्डिजलाई ६३ रनले हराएको हो ।

यस जितसँगै पाकिस्तानले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । पाकिस्तानले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो ।

वेस्ट इन्डिजका लागि साई होपले ३१ रन जोड्दा ओडिन स्मिथले २४ रन बनाए । रोभमान पावेलले २३ तथा रोमारियोले २१ रन बनाए ।

पाकिस्तानका मोहमद वासिमले ४ तथा शादब खानले ३ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर २०० रन बनाएको थियो ।

पाकिस्तानका मोहमद रिजवानले ७८ रनको इनिङ्ग खेल्दा हेइदर अलीले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । मोहमद नवाज ३० रनमा अविजित रहे ।

वेस्ट इन्डिजका रोमारियोले २ विकेट लिए ।

संम्बन्धित समचार

Leave a Comment