ग्लोबल आइएमई बैंकको १५ औं वार्षिक साधारण सभा सम्पन्न,१३.५ प्रतिशत लाभांश पारित

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ मंसिर २८, मंगलबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर २८,काठमाडौँ । ग्लोबल आइएमई बैंकको १५ औं वार्षिक साधारण सम्पन्न भएको छ । उक्त सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा सोमबार सम्पन्न भएको हो ।सभाले गत आर्थिक वर्षकोे मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, उक्त सभाले कम्पनीको पूँजी वृद्धिका लागि प्रबन्धपत्र संशोधन गर्ने र नियमावली संशोधनको क्रममा नियमनकारी निकायहरुबाट कुनै फेरबदल परिमार्जन गर्न वा मिलाउन कुनै सुझाव वा निर्देशन भएमा सोहि अनुरुप आवश्यक कार्य संचालक समितिलाई पूर्ण अख्तियारी दिएको छ ।

त्यस्तै, सभाले आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्त र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनको लाागि कम्पनीले मंसिर १३ गते बुक क्लोज गरेको हुदा मंसिर १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस