बागमती प्रदेशमा मन्त्रीपरिषद बिस्तार हुँदै , को को बन्दैछन मन्त्री ?

  • अनलाइन केन्द्र
  • / जीवनशैली /
  • २०७८ मंसिर २८, मंगलबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

मंसिर २८,हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । पाण्डेले नेकपा माओवादी केन्द्रका तीन र नेकपा एकीकृत समाजवादीका दुई जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । ‘आज बेलुकासम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।

पाँच जना मन्त्री थपिनेछन्’, मुख्यमन्त्री पाण्डे निकट स्रोतले भन्यो, ‘मन्त्रालयको टुङ्गो लगाउन छलफल भइरहेको छ ।’ स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारमा नेकपा माओवादी केन्द्रका विशाल खड्का, घनश्याम दाहाल र रत्न ढकालले मन्त्रीको जिम्मेवारी पाउने भएका हुन् ।

त्यसै गरी नेकपा एकीकृत समाजवादीका तर्फबाट वसन्त मानन्धर र वसुन्धरा हुमागाईँ मन्त्री बन्ने निश्चित भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस