नेपालमा खेर गइरहेको बिजुली बंगलादेशले किन्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ मंसिर २९, बुधबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

मंसिर २९, काठमाडौं । नेपालमा हाल खेर गइरहेको बिजुली बंगलादेशले खरिद गर्ने भएको छ । नेपालका निजी क्षेत्रसँग दीर्घकालीन विद्युत खरिद सम्झौता ९पिपिए० गर्न समेत बंगलादेशले गृहकार्य अघि बढाउने भएको छ ।

बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघ (सीएनआइ) को प्रतिनिधिमण्डलसँगको भेटमा बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदले नेपालमा उत्पादन हुने विद्युत आउँदो वर्षबाटै खरिद गर्ने बताएका हुन् ।

उपयुक्त बजार व्यवस्थापन हुन नसक्दा गएको वर्षायाममा करिब ५ अर्ब रूपैयाँ बराबरको ५ सय मेगावाट विद्युत खेर गएको थियो । पर्याप्त प्रसारणलाइन र आन्तरिक एवम् बाह्य बजारको अभावका कारण उत्पादित विद्युत खेर गइरहेको छ ।

राज्यमन्त्री नसरुलले सन् २०२६ सम्ममा नेपालमा उत्पादन भएर खेर जाने ३५ सय मेगावाट समेत बिजुली खरिद गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । उनले जनवरी २०२२ बाट नेपालको निजी क्षेत्रसँग छलफल गर्ने र सन् २०२२ को मार्चभित्रमा काम सम्पन्न गर्ने प्रतिक्रिया दिए । मार्चमा नेपाल भ्रमण गरेर यी विषय टुंग्याउन आफु इच्छुक रहेको राज्यमन्त्री नसरुलले बताए ।

बंगलादेश ऊर्जा विकास बोर्डलाई नेपालमा सर्वेक्षण अनुमति लिएका १६ हजार मेगावाट क्षमताका जलविद्युत आयोजनासँग सिधै विद्युत खरिद सम्झौता ९पिपिए० गराउने गृहकार्य सुरु गर्ने पनि उनले बताए ।

भारतले मार्च २०२१ मा अन्तरदेशीय ऊर्जा व्यापार कार्यविधि जारी गरेपछि त्रिदेशीय विद्युत व्यापारको ढोका खुलेको थियो । बंगलादेशलाई सन् २०४० सम्ममा २४ हजार मेगावाट नवीकरणीय ऊर्जा आवश्यक छ । अबको ४ वर्षमा कोइलाबाट ऊर्जा उत्पादन गर्ने आयोजना बन्द गर्ने योजना बंगलादेशको छ । नेपालमा उत्पादन हुने विद्युत बंगलादेशका लागि अहिलेभन्दा आधा सस्तो पर्छ ।

भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालको जलविद्युतमा लगानीका लागि बंगलादेशका लगानीकर्ताका लागि खुला गर्न आग्रह गरेका छन् । अग्रवालले नेपालको निजी क्षेत्रसँग सिधै पिपिए गरेर विद्युत खरिद गर्न पनि राज्यमन्त्रीसँग अनुरोध गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस