मावि तहमा शिक्षकका लागि विज्ञापन खुल्यो

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ मंसिर २९, बुधबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

मंसिर २९, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुलाएको छ । आयोगले नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र न्याय विषयका एक हजार ५४७ जना शिक्षकका लागि विज्ञापन खुलाइएको हो ।

आयोगले नेपाली विषयको लागि २ सय ३१ जना, अंग्रेजीका लागि तीन सय १२ जना, गणितको लागि दुई सय ८९ जना, विज्ञानको लागि चार सय ३५ जना, सामाजिक विषयको लागि दुई सय एक जना र अर्थशास्त्र विषयमा १० जनाको लागि विज्ञापन माग गरेको छ ।

यस्तै कार्यलय सञ्चालन तथा लेखा विषयको लागि ५१ जना, शिक्षाको लागि एक जना, शुक्लयजुर्वेदमा दुई जना, स्वास्थ्यमा दुई जना, संस्कृत व्याकरणको लागि २ जना, संस्कृत भाषाको लागि तीन जना, संस्कृत साहित्यको लागि एक जना, कम्प्युटर विज्ञानको लागि ६ जना र न्याय विषयको लागि एक जना शिक्षक माग भएको हो ।

आवेदन आउँदो पुस २९ गतेसम्म नियमित शुल्कमा दिन सक्नेछन् । माघ ६ गतेसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । यस्तै, आवेदनका लागि आयोगको आधिकारिक वेबसाइट https://online.tsc.gov.np/ मा गएर अनलाइनमार्फत् दिन सकिनेछ । लिखित परीक्षा चैत १५ गते हुने आयोगले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस