आज काठमाण्डौको न्यूनतम तापक्रम सबैभन्दा कम

मंसिर २९, काठमाडौँ । आज काठमाण्डौको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम छ । बिहान पौने ९ बजेको मापनमा काठमाण्डौको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन गरिएको छ ।

यस अघि बिहान ६ बजे ४. ६ डिग्री सेल्सियस मापन गरिएको थियो । मौसविद् मन्जु बासीकाअनुसार अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । यसकै कारण आज काठमाण्डौमा पारिलो घाम लाग्ने सम्भावना कम रहेको उनले बताइन ।

उनकाअनुसार आज वाग्मती र गण्डकी प्रदेश तथा प्रदेश १ र २ को मौसम आंशिक बद्ली हुने सम्भावना छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण पर्सि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ ।

संम्बन्धित समचार

Leave a Reply