पार्टी बेथितिको हिसाबले चल्यो भने हामी सशक्त रुपले प्रस्तुत हुनेछौं: शेखर कोइराला

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर २९, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २९,काठमाडौँ । नेपाली काँग्रेसको सभापति पदमा पराजित भएका डा. शेखर कोइरालाले आफूहरु भागबण्डा र गुटबन्दीको राजनीतिमा नलाग्ने बताएका छन् । उनले महाधिवेशन प्रतिनिधिहरुले आफूलाई माया गरेर मत दिएको भन्दै उनले यही माया बोकेर नयाँ ढंगले अघि बढ्ने बताए ।

महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन आयोजित कार्यक्रममा उनले १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा विजयी भएको र आफूले बिहानै देउवालाई बधाई समेत दिएको बताए । उनले चार वर्षका लागि अब काँग्रेसको नेतृत्व देउवाले पाएको उल्लेख गरे ।

‘प्रतिस्पर्धा आन्तरिक लोकतन्त्र हो, आन्तरिक लडाइँ हो यो,’ उनले चेतावनी दिँदै भने, ‘उहाँ (देउवा) विजयी भइसक्नुभएको छ । जसरी साढे पाँच वर्ष पार्टी बेथितिको हिसाबले चल्यो, त्यसैगरी चल्न थाल्यो भने हामी सशक्त रुपले प्रस्तुत हुनेछौं ।’

आफू आजैदेखि काँग्रेसको रुपान्तरणका लागि लागिसकेको जानकारी दिँदै उनले निरन्तर रुपमा कार्यकर्ताको घरदैलोमा पुग्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस