धुनिबेसी नगरपालिकामा सार्वजनिक सुनुवाई जारी

Post Thumbnail

पुस १, काठमाडौ । धुनिवेशी नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम जारी छ । नगरपालिकाले मँगलबार गते देखि विभिन्न स्थानमा सार्वजनिक सुनुवाई कार्यक्रम भैरहेको जनाएको छ । मँगलबार धुनिवेशी नगरपालिका वडा नम्बर १ र २ लक्षित सार्वजनिक सुनुवाई वडा नम्बर २ को डुम्रेचौरमा भएको थियो ।

यस्तै बुधबार हिजो वडा नम्बर ३, ४ र ५ लक्षित सार्वजनिक सुनुवाई वडा नम्बर ५ को अमलेचौरमा भएको थियो । नगरपालिका प्रमुख बालकृष्ण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सम्बन्धित वडा अध्यक्ष तथा वडा सचिवहरुले आर्थिक वर्ष २०७७/०७८ को वडाको निति, कार्यक्रम तथा बजेटको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यस्तै नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेलले नगरपालिकाको निति, कार्यक्रम तथा बजेटको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन र नगरपालिकाको अन्य विषयका बारेमा खुल्ला छलफलमा उठेका प्रश्नहरुको जवाफ सम्बन्धित वडा अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत, नगरउपप्रमुख निरु खरेल र नगरप्रमुख बालकृष्ण आचार्यले दिएका थिए ।

मँगलबारको सार्वजनिक सुनुवाईको सञ्चालन तथा सहजिकरण रेडियो राजमार्गका स्टेशन म्यानेजर आशिष ठकुरीले गरेका थिए भने बुधबार कृषी रेडियोका स्टेशन म्यानेजर सरोज पौडेलले सहजिकरण गरेका थिए ।

बिहिबार आज भने नगरपालिकाको प्राङ्गणमा वडा नम्बर ६, ७, ८, ९ लक्षित सार्वजनिक सुनुवाई कार्यक्रम हुनेछ । यस अघिका सार्वजनिक सुनुवाईमा सहभागी तथा सहभागी नभएका नागरिकहरु पनि यो सुनुवाईमा सहभागी हुन नगरपालिकाले आव्हान गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस