महुली लघुवित्तको संस्थापक सेयर विक्रीमा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ पौष १, बिहिबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

पुस १, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले १८ हजार ६ सय कित्ता संस्थापक सेयर विक्री खुल्ला गरेको छ । कम्पनीका संस्थापक सेयरधनी राम लगन मंडरको नाममा रहेको १८ हजार ६०० कित्ता संस्थापक सेयर विक्रीका लागि कम्पनीले बिहीवार ३५ दिने सूचना जारी गरेको हो ।

उक्त सेयरको न्यूनतम प्रतिकित्ता मूल्य भने तोकिएको छैन । कम्पनीले केन्द्रिय कार्यालय सप्तरीमा आफूले खरीद गर्ने सेयरको कित्ता खुलाई निवेदन दिन अनुरोध गरेको छ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिमा उक्त सेयर विक्री गरिने कम्पनीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस