नेपाल क्लियरिङ हाउस र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ पौष १, बिहिबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

पुस १, काठमाडौं । नेपाल क्लियरिङ हाउसले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ति राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेको छ । बैंकले संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणाली सुरु गर्ने भएको छ ।

सम्झौतापत्रमा बैंकका उप–कार्यकारी अधिकृत देवेशप्रसाद लोहनी तथा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरे ।

सम्झौतापछि राष्ट्रिय वाणिज्य बैंकले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्यूआर स्ट्यान्डर्डबमोजिम नेपालपे क्युआर तथा इन्टरनेटवर्क क्यूआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरण, विभिन्न भुक्तानीका लागि बिलर गेटवेमार्फत अन्तरआबद्धता तथा पीएसओ सेटलमेन्टलगायत भुक्तानी उपकरण प्रयोग गर्न सक्नेछ ।

बैंकले आफ्ना व्यावसायिक ग्राहकलाई डिजिटल प्ल्याट्फर्मको रूपमा कर्पोरेट पे प्रणाली उपलब्ध गराई उक्त प्रणालीमार्फत बैंकमा नगई आफैंले फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानीलगायत विभिन्न व्यावसायिक भुक्तानी खाताबाटै सजिलै गर्न सकिनेछ ।

उक्त प्रणालीमार्फत कनेक्ट आईपीएस अथवा एनसीएचएल–आईपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबार गर्न सकिनेछ । हाल नेशनल पेमेन्ट स्वीचमा ३४ वटा बैंकरवित्तिय संस्था र १ भुक्तानी प्रणाली प्रदायक गरी जम्मा ३५ वटा संस्था आबद्ध छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस