इंग्लिस प्रिमियर लिगः एभर्टनसँग चेल्सीको बराबरी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ पौष २, शुक्रबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

पुस २, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा चेल्सी एभर्टनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा चेल्सीले अंक बाड्नु परेको हो । खेलको ७० औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ७४ औं मिनेटमा जारार्ड ब्रान्थवेटले गोल गर्दै एभर्टनलाई १-१ गोलको बराबरीमा फर्काए ।

यस बराबरीसँगै चेल्सीले १७ खेलमा ३७ अंक जोडेको छ । चेल्सी लिगको तेस्रो स्थानमा रहेको छ । एभर्टन १९ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस