थप दुई वटा कम्पनीलाई हकप्रद निष्काशनको अनुमति

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ पौष २, शुक्रबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पुस २, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले थप दुई वटा कम्पनीलाई हकप्रद शेयर निष्काशनको अनुमति दिएको छ । बोर्डले आज पुस १ गते छ्याङदी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

छ्याङदीले १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले बैशाख १५ गते अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।

त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकले हाल कायम चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति पाएको हो । बैंकले १:१:५० को अनुपातमा ३० करोड बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । बैंकले हकप्रद निष्काशनको अनुमति माग गर्दै गत वर्षको पुस २६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । हकप्रद शेयर निष्काशनको लागि सिभिल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको तीन वर्षपछि कर्पोरेट डेभलपमेन्ट बैंकलाई २०७४ माघ १८ गते समस्याग्रस्त संस्थाबाट मुक्त गरेको थियो । समस्याग्रस्तबाट फुकुवा भएपछि बैंकले राष्ट्र बैंकले तोके बमोजिम पुँजी पुर्याउन हकप्रद निष्काशन गर्न लागेको हो ।

धितोपत्र बोर्डले मङ्सिर २९ गते समृद्धि फाइनान्सलाई ५० प्रतिशतको दरले हकप्रद निष्काशन गर्न अनुमति प्रदान गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस