नेपाल डिपीले शतप्रतिशत हकप्रद जारी गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ पौष २, शुक्रबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पुस २, काठमाडौँ । नेपाल डिपी लिमिटेडले शतप्रतिशत हकप्रद बिक्रि गर्ने भएको छ । कम्पनीले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशनको प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २३ गते शुक्रबार पुतलीसडक स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो ।

सभामा साधारण प्रस्ताव अन्तर्गत अध्यक्षको मन्तव्य तथा संचालक समितिको पाँचौ वार्षिक प्रतिवेदन पारित गर्ने , लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु पारित गर्ने , कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७८/७२ को लागि लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छ ।

त्यस्तै विशेष प्रस्ताव अन्तर्गत संचालक समितिले प्रस्ताब गरे बमोजिम एक वरावर एक (१:१) हकप्रद शेयर जारी गर्ने र हकप्रद शेयर जारी गर्दा अन्य आवश्यक कुरामा फेर बदल गर्नुपर्ने भएमा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश हुने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस