सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको लाभांस वितरण

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ पौष २, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस २,काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ ।

शुक्रबार बसेकोे बैंक सञ्चालक समितिको ३५२ औं बैठकले चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पास गरेको छ । बैंकको २०७८ आषाढ मसान्तमा कायम चुक्ता पुँजी नौ अर्व तीन करोड चौवालिस लाख उनान्तिस हजार पाँच सय दुई रुपैयाँ पचास पैसा मात्र) मा ५.७५ प्रतिशतले हुन आउने रकम एकाउन्न करोड चौरानब्बे लाख उनासी हजार छ सय छयानब्बे रुपैयाँ उनान्चालिस पैसा बराबरको बोनश शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने रकम दुई करोड त्रियहत्तर लाख एक चालिस हजार छत्तिस रुपैयाँ पैसठ्ठी पैसा बराबरको नगद लाभाशं वितरण गर्ने निर्णय गरियो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी ११ औं वार्षिक साधारणसभाबाट पारित भए पश्चात लाभांश वितरण गरिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस