मुख्यमन्त्री पाण्डेद्धारा मनमोहन अस्पतालमा लिक्विड अक्सिजन प्लान्टको उद्घाटन

Post Thumbnail

पुस २,काठमाडौँ । मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षा अस्पताल स्वयम्भुमा लिक्विड अक्सिजन प्लान्टको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गरेका छन् ।

आजैबाट लिक्विड अक्सिजन प्लान्ट मनमोहन मेडिकल कलेजमा सञ्चालनमा आएको छ । पहिलो र दास्रो चरणको कोभिड १९ को समयमा झेल्नु परेको समस्यालाई दृष्टिगत गरी भविष्यमा आउने त्यसखालका महामारीहरुमा समेत अक्सिजन सेवालाई सहज तरिकाले परिपुर्ती गर्ने यो प्लान्ट जडान गरिएको मुख्यमन्त्री पाण्डेको भनाई थियो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुदानमा शंकर अक्सिजन प्रा.लि ले २० केएल को अक्सिजन प्लान्ट अस्पतालमा जडान गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस