जीप दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

  • अनलाइन केन्द्र
  • / उद्योग  /
  • २०७५ कार्तिक २३, शुक्रबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

कार्तिक २३, रुकुम । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको बाँफिकोट गाउँपालिका–३ दहखोलामा आज बेलुकी जिप दुर्घटना हुँदा जिप चालक आठबिसकोट नगरपालिका–१ का २८ वर्षीय टेकमान विकको मृत्यु भएको हो ।

स्यार्पूबाट नेपानेतर्फ जाँदै गरेको लु१ज २६६८ नम्बरको जिप दुर्घटना हुँदा चालक विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । दुर्घटनामा परी विककी पाँच वर्षीया छोरी पार्वती गम्भीर घाइते भएकी प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

घाइते विकलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदैछ । जिप सडकबाट करीब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । विक जिप लिएर नेपानेमा रहेको ससुरालीमा जाँदै गरेको दुर्घटना भएको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस