‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ पौष ३, शनिबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

पुस ३, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शनिबार तीन खेलहरु हुँदैछन् । पाँचौं चरणको खेल अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ । एक खेल भने पोखरामा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । च्यासल र जावलाखेलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

च्यासल ४ खेलमा ४ अंक जोडेर दशौँ स्थानमा रहेको छ । जावलाखेल १ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

रंगशालामा हुने अर्को खेलमा थ्री स्टार क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल अपरान्ह ४:४५ बजे सुरु हुनेछ ।

थ्री स्टार ४ खेलमा ५ अंक जोडेर छैटौं स्थानमा रहेको छ । एनआरटी ५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

पोखरा रंगशालामा हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र पुलिसबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ ४ खेलमा १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पुलिस ४ खेलमा ५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस