‘एमाले अब पार्टी रहेन, केपि ओलि गुट मात्र’ : सुदेश पराजुली

पुस ४,भोजपुर । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट जनसंगठनको भोजपुरको अनेरास्ववियू र युवा संघ नेपाल भेला भव्य रुपमा सप्पन्न भएको छ ।

भेलाबाट अनेरास्ववियू भोजपुर जिल्ला कमिटीको अध्यक्ष प्रकाश सिं राईको नेतृत्वमा ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । त्यसै गरि युवा संघ नेपाल भोजपुर जिल्ला कमिटी अध्यक्षमा मन्दिप तामाङको नेतृत्वमा २०१ जना सदस्यीय कमिटी निर्माण भएको छ ।

उक्त भेलामा अनेरास्ववियूका केन्द्रिय अध्यक्ष सुदेश पराजुली एमाले अब पार्टी होईन केपि ओलिको भजनमण्डली भएको बताए । कम्युनिस्ट आन्दोलनमा केशरजंग रायमाझी पछि गद्वार केपि ओलि भएको बताएका छन् ।

कम्युनिस्ट पार्टीको झन्डा भारतीय र अ प्रमुख सामन्त गोएलको पाउमा चढाएर कम्युनिस्ट पार्टी मास्ने काम केपि ओलिबाट भएको बताएका छन् । कम्युनिस्ट आन्दोलन थप एकता शशक्त बनाउनु अहिलेको आवश्यकता हो । भोजपुरमा दुई मुख्यमन्त्री एउटा क्रान्ति झण्डा बोक्ने भए अर्को गद्वारको शरण परे ।

संम्बन्धित समचार

Leave a Reply