कांग्रेस खुला केन्द्रीय सदस्यको मत गणना जारी,३५ जनाभित्र अजयबाबु शिवाकोटी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ पौष ४, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस ४,काठमाडौँ । शनिबारदेखि सुरु भएको नेपाली कांग्रेस खुला केन्द्रीय सदस्यको मत गणना जारी छ । ३५ जना खुला केन्द्रीय सदस्य निर्वाचित गर्न भएकोमा निर्वाचनमा हालसमम २३९३ मत गणना भएको छ ।

सार्वजनिक भएको मत परिणाम अनुसार सुरुदेखि नै पूर्वमहामन्त्रीसमेत रहेका डाक्टर शशांक कोइराला १९७१ मतका साथ पहिलो स्थानमा छन् । १५३८ मतका साथ एनपी साउँद दोस्रो स्थानमा छन् भने तेस्रो स्थानका बालकृष्ण खाँणले १५०३ मत पाएका छन् ।

यस्तै रमेश लेखक १४५१ र उदयशमशेर राणा १४४५ मतका साथ चौथो र पाँचौ स्थानमा रहेका छन् ।

३५ भित्र प्रेस युनियनका नेता अजयबाबु सिवाकोटी,नेपाल विद्यार्थी संघका नेताहरू कुन्दन काफ्ले, राजीव ढुंगानाका साथै राप्रपाबाट आएका सुनिल थापासमेत परेका छन् । गणेश लामा भने ३६औं स्थानमा झरेका छन् ।

३५ खुला सदस्यका लागि ९९ जना प्रतिस्पर्धामा छन् ।

२३९३ मत गन्दा को-को परे ३५ मा ?

१. डा।शशांक कोइराला-१९७१
२. एनपी साउद-१५३८
३. बालकृष्ण खाँण-१५०७
४. रमेश लेखक-१४५१
५. उदय शमशेर राणा -१४४५
६. शंकर भण्डारी-१४३७
७. ज्ञानेन्द्रबहादुर कार्की-१४२३
८. रामहरि खतिवडा-१३९५
९. अर्जुननरसिंह केसी-१३८३
१०. गोपालमान श्रेष्ठ -१३२३
११. जिप छिरिङ्ग लामा-१३१२
१२. जीतजङ्ग बस्नेत-१२८३
१३० नैनसिंह महर-१२८३
१४. डा।रामशरण महत-१२८१
१५. गोविन्द भट्टराई-१२७७
१६.सुनिलबहादुर थापा-१२४६
१७. बल बहादुर केसी-१२३३
१८. दिलेन्द्र प्रसाद बडू-१२३१
१९. मोहनबहादुर बस्नेत-१२०२
२०. दीपक गिरी-११७४
२१. सुरेन्द्रराज पाण्डे-११५१
२२० कुन्दनराज काफ्ले-११४३
२३. पद्मनारायण चौधरी-११३७
२४. गुरु बराल-१०३६
२५. सञ्जयकुमार गौतम-१००१
२६. गोविन्द राज पोखरेल-९६२
२७. गोपाल दहित-९३१
२८. राजीव ढुंगाना-९३५
२९. कृष्णकिशोर घिमिरे- ९२९
३०. दिनेश कोइराला-९२५
३१. वीरेन्द्रकुमार कनौडिया-९१९
३२. ई। मोहन आचार्य-९१३
३३. अजयबाबु शिवाकोटी- ९०९
३४. मदनबहादुर अमात्य- ९०८
३५. उमेशजंग रायमाझी-८९१

ताजा अपडेट

खोजी गर्नुहोस