सत्ता गठबन्धन दलहरूको बैठक सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ पौष ४, आईतबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पुस ४, काठमाडौँ । सत्तासाझेदार गठबन्धनका दलहरूको बैठक सुरु भएको छ । सर्वदलीय बैठक बस्नुअघि पाँचदलीय गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।

सर्वदलीय बैठकमा पेश हुने एजेन्डाबारे साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । प्रधानमन्त्रीले आज ४ बजे सर्वदलीय बैठक आह्‍वान गरेका छन् । आजको बैठकमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)मा सहमति खोज्ने र संसद्मा जारी अवरोध हटाउँनेबारेका एजेन्डा छन् ।

सर्वदलीय बैठकअघि गठबन्धनमा यी विषयहरूमा छलफल हुन लागेको हो । तर, एमाले भने सर्वदलीय बैठकमा सहभागी नहुने भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस