सर्वदलीय बैठकः सहमति भएन, एमालेलाई संवादमा आउन आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ पौष ४, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस ४, काठमाडौँ । सर्वदलीय बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सर्वदलीय बैठकमा संसद अवरोध हटाउने र अमेरिकी परियोजना (एमसिसी) बारे छलफल गर्ने कार्यसूची थियो ।

बैठकले लामो समयदेखि अवरुद्ध संसद बैठकलाई खुलाउन विपक्षी दल एमालेलाई आग्रह गर्ने निर्णय गरेको सञ्चार सुचना तथा प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । प्रतिपक्षले उठाएको विषयमा संवाद गर्न र उपर्युक्त सहमति खोज्न सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै उनले संसद सञ्चालनका लागि सहयोगी भूमिका खेल्न आग्रह गरे ।

यता, एमालेले भने सर्वदलीय बैठकमा सहभागी नहुने तर सरकारले संवाद गर्न चाहे शीर्ष नेतृत्वसँग छलफल हुनसक्ने बताउँदै आएको छ । आजको बैठकमा अमेरिकी परियोजना एमसीसीबारे छलफल भएको भन्दै उनले दलहरुबीच थप छलफल गरेर निश्कर्षमा पुग्ने सहमति भएको बताए ।

बैठकमा कांग्रेस नेता कार्कीसहित नेता रामशरण महत र रामचन्द्र पौडेलले मात्र होइन जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसिसी संसदबाट पारित गनुपर्ने धारणा राखेका थिए । लगत्तै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एकिकृत समाजवादी पार्टीका महासचिव डा. बेदुराम भुसालले यसमा आफ्नो दलको समर्थन नरहने बताएका थिए ।

यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्झौता संशोधन गर्नुपर्ने पार्टीको धारणा रहेको बताएका थिए । बैठक सञ्चालनका लागि कि एमालेको अवरोध जारी हट्नुपर्ने कि बैठक स्थगित गर्नुपर्ने धारणा नेमकिपाका सांसद प्रेम सुवालले राखेका थिए ।

बैठकमा नेमकिपा, जनमोर्चा र राप्रपाका प्रतिनिधिले पनि एमसिसिको विरोधमा धारणा राखेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस