एमालेको संसद् अवरोध सर्वोच्चको फैसला विपरीत : अध्यक्ष नेपाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ पौष ४, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस ४, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेले सर्वोच्च अदालतको फैसला विपरीत संसद् अवरुद्ध पारेको बताएका छन् । आज काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्च घोषणा सभामा बोल्दै उनले केपी ओली अदालतको फैसलालाई मान्ने पक्षमा नरहेको दावी गरेका हुन् ।

उनले सर्वोच्च अदालतको फैसलालाई अस्वीकार गर्दै संसद् अवरुद्ध पारेर नेकपा एमालेले संविधानलाई चुनौती दिने काम गरेकोसमेत दाबी गरे । अध्यक्ष नेपालले अदालतको फैसलालाई स्वीकार नगर्नेले संविधानको ढाडस दिँदै संसद् अवरोध गर्नुको कुनै अर्थ नहुने दोहो¥याए ।

पार्टीको निर्माण हुनुभन्दा पहिले नै सर्वोच्च अदालतमा आफूले शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेको उनको भनाई छ । त्यसपछि अदालतले नयाँ सरकार गठन प्रक्रियामा सहभागी भयो भन्दैमा ह्वीप उल्लंघन नहुने निर्णय सुनाएको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस